|

काठमाडौं : पुनर्स्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्‍ने रीति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महा विहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन्। 

काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इन्टाचका अधिकारीहरुले उक्त पूजामा सहभागिता जनाएका थिए। १८ दशमलव १ करोड रुपैयाँमा उक्त महा विहारको पुनर्निर्माण हुन लागेको हो। 

सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ। यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो।

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ। यो परियोजना पनि ती २८ वटा परियोजनाभित्रैकै एक हो । ललितपुरमा सात वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.