|

बझाङ : बझाङका ५ स्थानीयतहहरु भाडाकै भवनबाट सेवा दिँदै आएका छन्। स्थानीयतहको निर्वाचन भएको ४ बर्ष वितिसक्दा पनि अझै भवन बनाउन सकेका छैनन्। जिल्लाका १२ वटा स्थानीयतह मध्ये जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, र छविसपाथिभेरा गाउँपालिकाले मात्र आफ्नै भवनबाट सेवा दिइरहेका छन। खप्तडछान्ना गाउँपालिका,थलारा गाउँपालिका र बित्थडचिर गाउँपालिकाको भवन निर्माणाधिन अवस्थामा छन्।

सुर्मा, साईपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारी गरेको छैन।

दुर्गाथली, मष्टा र केदारस्युँ गाउँपालिका साविकको गाविस भवनबाट सेवा दिँदै आएका छन्। वित्थडचिर गाउँपालिका देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनबाट सेवा प्रवाह गर्दै छ। थलारा, सुर्मा, साईपाल, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले भाडाका भवनबाट सेवा दिइरहेका छन्।

भाडाका भवनमा सेवा दिँदै आएका स्थानीयतहले वार्षिक २ लाख २० हजारदेखि ९ लाख सम्म घरभाडा तिर्दै  आएका छन्। साईपाल गाउँपालिकाले वार्षिक २ लाख ४० हजार, थलारा गाउँपालिकाले वार्षिक ४ लाख २० हजार, सुर्मा गाउँपालिकाले वार्षिक २ लाख २२ हजार, खप्तडछान्ना गाउँपालिकाले वार्षिक ३ लाख ६० हजार र बुंगल नगरपालिकाले वर्षिक ८ लाख ४० हजार रुपैयाँ घरभाडा तिर्दै आएका छन्।

भवन लगाउनुभन्दा बढी रकम भाडामा सकिने गरेकाले स्थानीय तहले भाडा तिर्ने रकमले आफ्नै भवन निर्माण गर्नुपर्ने स्थानियहरुले बताउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.