|

गुल्मी : गुल्मीमा करदाता सेवा कार्यालयबाट २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०७७ ।०७८ को आयकर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, मूल्य अभिबृद्धि कर (भ्याट) १० करोड ४८ लाख र अन्तशुल्क कर ७१ लाख संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले जानकारी दिए। 

करसम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोबार परिर्वतन, अन्तशुल्क संकलन,व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाहका कार्यहरु कार्यालय मार्फत भएको  भुसालले बताए।

करदाता सेवा कार्यालयले बजार अनुगमन, बक्यौता असुली, सूचना प्रवाह जस्ता कार्य प्रभावकारी भएकाले १९ करोड जति राजस्व संकलन गर्ने अनुमान रहेकोमा अनुमानभन्दा २ करोड ६० लाख ४६ हजार बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

जिल्लामा पहिलो वर्ष कार्यालय स्थापना भएको हुँदा कार्यालय व्‍यवस्थापनमा समस्या र कर्मचारीको अभाबका कारण पनि केही समस्या भएको कार्यालयले जनाएको छ।

६ जना कर्मचारीको स्विकृत दरबन्दीअनुसार कर अधिकृत एक जना, नासु दुई जना, कार्यालय सहयोगी एक जना,सवारी चालक एक र कम्प्युटर अपरेटर एक जना रहेको कार्यालयले जनाएको छ।

कार्यालयमा अहिले एकजना नासु खाली रहेको र कम्प्युटर अपरेटर करारमा राखिएको भुसालले जानकारी दिए। कर तिर्नको लागि पहिला पाल्पा जानुपर्ने बाध्यताको अत्य भए संगै घरमै बसेर कर तिर्न पाउँदा गुल्मेली नागरिकहरुलाई सहज भएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.