|

काठमाडौं : एसोसिएशन अफ इन्टरनेशनल एनजिओज इन नेपाल (एआइएन)ले स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि एआइएनले साढे ३ लाख रूपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको हो।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एआइएनका अध्यक्ष डा. सुशील कोइरालाले एचजेएफएनका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे। डा. कोइरालाले कोभिड महामारी सुरु भए यता अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि एआइएनमा आवद्ध विभिन्न संस्थाले कोभिड किटको रुपमा स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए। उनले आगामी दिनमा मञ्चसँग स्वास्थ्यका विषयमा सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

एचजेएफएनका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड महामारीका बेला संक्रमणको जोखिम नभनी दिनरात फिल्डमा खटिने स्वास्थ्य पत्रकारको स्वास्थ्यको चिन्ता लिँदै स्वास्थ्य सामग्री सहयोग गरेकोमा एआइएनलाई धन्यवाद दिए। उनले भविष्यमा पनि एआइएनसँग स्वास्थ्यका विषय सहकार्य गरी अघि बढ्ने बताए।

एआइएनले सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर, फेसशिल्ड, सावुन लगायत अत्यावश्यक सामग्री प्रदान गरेको छ। ​उक्त सामग्री फेयर मेड, आइपास, आड्रा, वाटर एड, दामिएन फाउण्डेशन, एफएचआई ३६० ईपिक प्रोजेक्ट गरी ६ वटा संस्थाले उपलब्ध गराएको एआइएनले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.