|
सांकेतिक तस्वीर ।

काठमाडौं : वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि मिर्गौलासम्बन्धी उपचार गराइरहेका कलाकार रञ्जितको यही साउन १० गते निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो।

अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका परम्परागत शास्त्रीय नाच स्वदेश र विदेशमा समेत प्रवर्द्धन गर्न योगदान पुर्‍याएका थिए।

भारतको मुम्बईबाट शास्त्रीय नृत्य, भरत नाट्यम, कत्थकली, मनिपुरीमा विशिष्टता हासिल गरेका रञ्जितले नेपालको शास्त्रीय नृत्यको विकास र विस्तारमा झण्डै आधा शताब्दी योगदान पुर्‍याएका उनका सहकर्मी एवं वरिष्ठ पत्रकार ध्रुव थापाले बताए।

गोरखा दक्षिणबाहु चौथोबाट विभूषित पाटनका बासिनदा रञ्जितका श्रीमती र दुई छोरा छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.