|

बझाङ : बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुंगल नगपालिका–२ रैसेल्लीका अन्दाजी २१ वर्षीय कलक बहादुर जाग्रीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय बुंगल झापाका प्रहरी नायव निरीक्षक भरत विकले करेन्ट लागेर जाग्रीको मृत्यु भएको जानकारी दिए। उनी केही वर्षदेखि बुंगल नगरपालिका–४ विजगडामा होटेल व्यवसाय गर्दै आएको खुलेको छ।

जाग्रीको करेसाबारी नजिकै रहेको कुखुरा फारममा छोडेको करेन्टले करेसाबारीमा काम गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। जाग्रीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.