|

झापा  : भारतीय सुरक्षाकर्मीको हस्तक्षेपविरुद्ध पूर्वी नाका काँकडभिट्टामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार विरोध प्रदर्शन गरेको छ।

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी नदी खसेर बेपत्ता पारिएको घटनाको विरोधमा विप्लव कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

विप्लव नेकपाका कार्यकर्ताहरूले जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपालीमाथि भएको हत्या हिंसा बन्द गर, वैज्ञानिक समाजवाद जिन्दाबाद, राष्ट्रघाती एमसिसी सम्झौता मुर्दावाद लगायतका नाराबाजी गरेका थिए।

मेचीनगर नगरपालिका–६ स्थित देवकोटा पार्क नजिकैबाट सुरु गरिएको विरोध र्‍याली काँकडभिट्टा बसपार्क, भट्टराई चोक हुँदै बजार परिक्रमा गरेर हनुमान मन्दिर अगाडी आएर कोणसभा परिणत भएको थियो।

कोणसभा बोल्दै नेकपाका जिल्ला सचिव प्रशान्तले अव्यवस्थित राज्यसत्ता र संसदीय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो वैज्ञानिक समाजवादतर्फ हुनुपर्नेमा जोड दिए। भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा नेपालीलाई सहन नहुने उनको भनाइ थियो। पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सुमन लिम्बूको नेतृत्व विरोध प्रदर्शन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.