|

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका–१ जानकीमा २८ करोड रुपैयाँ लागतमा जैविक मल उद्योग स्थापना हुने भएको छ।

प्रदेश २ का भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाका सचिव योगेन्द्रकुमार कार्कीले उद्योग स्थापनाका लागि शिलान्यास समेत गरेका छन्।

उनीहरुले शनिबार संयुक्त रुपमा ‍आरोह फर्टिलाइजर प्रालिको शिलान्यास गरेका हुन्। कार्यक्रममा उद्यमी अंगकमल लामाले एक वर्षभित्र उद्योगको काम सम्पन्न गरेर उत्पादनको काम समेत सुरु गर्ने बताए। उद्योग सञ्चालनमा आएपछि सुरुको वर्षमा ७ हजार ५०० मेट्रिक टन जैविक मल उत्पादन गर्ने र क्रमश उत्पादन बढाउँदै लैजाने उनको भनाइ छ।

नेपालमा पहिलो पटक जैविक मल उत्पादनको उद्योग स्थापना हुन लागेको हो। अनुभवी व्यवसायीको संलग्नतामा सञ्चालन हुने यस उद्योगबाट राज्यमा मलको आयात कम हुने विश्वास उद्यमीहरुले गरेका छन्।

रसायनिक मलको प्रयोगबाट केही समयका लागि उत्पादन बढाए पनि दीर्घकालीन रुपमा नकारात्मक असर गर्ने र माटोमा अम्लियपना धेरै भएकाले बाली कम हुने मात्रै होइन उत्पादन नै नहुन पनि सक्ने उद्यमीहरु बताउँछन्।

उद्योग स्थापना भएपछि प्रत्यक्ष रुपमा १०० भन्दा बढीले रोजगार पाउने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.