|

मकवानपुर : विधुतीय पोल चोरीको आरोपमा मकवानपुरमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। चोरीको २७ थान बिदुतीय पोल लोड गरेको ट्रकसहित प्रहरीले सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उक्त पोल लोड भएको मे १ ख २५०३ नम्बरको ट्रक चालक काभ्रेपलान्चोक मण्डन देवपुर नगरपालिका–१ का ३० वर्षीय जयराम सापकोटा छन्।

यस्तै ट्रकमा सवार उदयपुर घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १ बस्ने ३१ वर्षीय विवेक पोखरेल, संखुवासशभा खाँदवारी नगरपालिका–७ का २७ वर्षीय हरी नेपाल, मकवानपुर बागमती गाउँपालिका–७ का ३० वर्षीय सुरेश लामा र २२ वर्षीय उमेश लामा, मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका–३ का ३२ वर्षीय धन बहादुर लामा र ४० वर्षीय देव पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले बागमती गाउँपालिका–१ हात्तीढुंगेस्थित बाटो छेउमा रहेको ग्रीड सोला ईन्जिन ईफिसेन्सी आयोजनाको विधुतीय स्टिल ट्युबलर विधुतीय पोल ट्रकमा लोड गरी झुरझुरेतर्फ लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ।

ईलाका प्रहरी कार्यालय फापरवारीबाट खटिएको प्रहरी टोलीले बागमती –४ झुरझुरेस्थित धरान चतरा सडक खण्डबाट उनीहरुलाई पक्राउ गरेको हो। चोरीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.