अमेरिकी सरकारले २४ रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ।
उनीहरूको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरूलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो।
अमेरिकामा रहेको रूसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ। अमेरिकाका लागि रूसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, ‘हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ।’
ती रूसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन्।
उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरू कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।