काठमाडौं : नेकपा एमालेका नेता सांसद मेटमणि चौधरीले शक्तिले प्रतिनिधि सभा विघटन गरेर अघि बढ्न खोज्नेलाई सर्वोच्च अदालतले पाठ सिकाएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले भने, 'मुलुकको प्रणाली जोगाउन र सर्वोच्चको फैसलाप्रति सम्मान व्यक्त गर्न चाहन्छु। शक्ति र सत्ताको आडमा कसैले अगाडि बढ्न खोजोस्। अदालतले संसद विघटनविरुद्ध राम्रो पाठ सिकाएको छ।'
अब प्रतिनिधिसभा विघटन नभएर सरकारले संविधानको पालना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।