हालसम्मका प्रमुख प्रशासकीय अधिकृतहरू

|

गुल्मी : देश संघीयतामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरू गठन भए।

जसअनुसार कर्मचारी व्यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहको कार्य सञ्चालनका लागि कार्यकारी अधिकारसहित एक जना प्रमुख प्रशासकीय अधिकृत प्रत्येक स्थानीय तहमा खटिएका छन्। 

गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह छन्। यहाँ खटेका प्रमुख प्रशासकीय अधिकृत एक महिनासम्म पनि स्थानीय तहमा टिक्न सकेका छैनन्। 

इश्मा गाउँपालिकामा प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि  प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भए, तर विडम्बना २०७६ चैत ५ गते इश्माबाट सरुवा भए। यस्तै २०७७ फागुन २० गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका विष्णुबहादुर घर्ती २०७८ साउन १२ गते सरुवा भई पाल्पाको बगनासकाली गाउँपालिकामा गए।

खुट्टा ढोग्दासमेत बस्न मानेनन् : इश्मा अध्यक्ष

इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर विष्टले पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीलाई बिन्ती गरेर नजानुस् भन्दा पनि बस्नै नचाहेको बताए।

'मैले उहाँलाई नजानका लागि धेरै पटक बिन्ती गर्दा पनि मान्नुभएन, कर्मचारीहरू मात्रै मिलेर भए पनि बिदाइ भएर जान खोजेको थाहा पाएपछि बिदाइमा आफू पनि सरिक भएँ,' उनले भने। 

तपाइँको गाउँपालिकामा प्रेमचन्द्र अर्याल एक महिनासम्म पनि टिक्नसक्नु भएन नि भन्ने प्रश्नमा विष्टले भने, 'उहाँ कर्मचारी, जनप्रतिनिधि कसैसँग पनि मिल्न सकेनन्।'

अहिले बगनासकाली गाउँपालिका पाल्पामा सरुवा भएर गएका घर्तीले इश्मा गाउँपालिकाका अध्यक्षप्रति आफ्नो केही गुनासो नभएको बताए। रुपन्देही घर भएकाले पाल्पा जाँदा आफूलाई सहज हुने भएकाले सरुवा मिलाएको उनको तर्क थियो। 

कतिपय स्थानीय तहमा जननिर्वाचित प्रमुख र कर्मचारी प्रमुखबीच हुने झगडा, राजनीतिक आस्था र कर्मचारी र जनप्रतिनिधिबीचको अहमताका कारण सरुवा हुने गरेको पाइएको छ। 

स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतले न्यूनतम एक वर्षसम्म सेवा प्रदान गर्नेछु भनेर प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने गर्छन्। र सुशासन ऐन २०६४ र नियमावली २०६५, निजामती सेवा ऐन २०४९, नियामावली २०५०, स्थानीय सरकार संचालन ऐन २०७४ एवं नेपाल सरकारद्वारा विभिन्न समयमा जारी परिपत्रलाई आधार मान्दै प्रतिबद्धतासमेत गरेका हुन्छन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तहमा निर्वाचित अध्यक्ष वा मेयरहरूले आफैं प्रमुख भएर काम गरिदिने र भुक्तानी गर्न दबाब दिने गरेकाले पनि समस्या भएको बताए।

जननिर्वाचितहरूको यो अन्तिम वर्ष पनि भएकाले आर्थिक मितव्ययिता हुन नसक्ने कारण अहिले स्थानीय तहमा प्रमुख  प्रशासकीय अधिकृत भएर जान कर्मचारी नचाहने गरेको उनले बताए।

यसै त कर्मचारी कम भएको र डेढ वर्षदेखि लोक सेवाले कर्मचारी पदपूर्ति गर्न नसक्नु पनि समस्या भएको बताए। कतै राजनीतिक तालमेल नमिलेका कारण त होइन भन्ने प्रश्नमा अधिकारीले त्यो पनि कहीँ कतै हुने गरेको स्विकार गरे।

गुल्मीका स्थानीय तहहरूमा हालसम्मका प्रमुख प्रशासकीय अधिकृतहरू। नाम र समयावधि, विवरणसहित

रेसुंगा नगरपालिका 

१ ,बाबुराम पल्ली २०७१ जेठ १ गते देखि २०७३,चैत्र ८ गतेसम्म
२, रमेश गौतम २०७३ चैत्र ९ गते देखि २०७४ असोज १६ गतेसम्म
३, मुक्तिराम अर्याल २०७४ असोज १७ गते देखि २०७५ भदौ ३१ गते सम्म
४, भक्तिराम मरासिनी २०७५ भदौ ११ गतेदेखि हालसम्म

मसिकोट नगरपालिका

१, घनश्याम न्यौपाने २०७३ चैत्र १० देखि २०७५ कात्तिक २० गतेसम्म
२ नबराज भण्डारी २०७५ कात्तिक २१ गतेदेखि २०७७ कार्तिक १६ सम्म
 ३ खिमानन्द भुसाल २०७७ कात्तिक १७ देखी हालसम्म

धुर्कोट गाउँपालिका

१ , होमनाथ काफले २०७३ चैत्र १० देखि २०७४ असोज सम्म
२ टोपलाल भुसाल २०७४ कात्तिक देखि पुस अन्तिम हप्ता सम्म
३ लोकहरी थापा २०७४ माघ देखि २०७५ कात्तिक अन्तिम हप्तासम्म
४ मधु घिमिरे (निमित्त) २०७५ मंसिर देखि फागुन सम्म
५ काशीराम पन्थी २०७५ चैत्र देखि हालसम्म 

मालिका गाउँपालिका

१ ऋषि पन्थी २०७३ चैत्र १० देखि २०७४ असोज २० गतेसम्म
२ लेखनाथ पोखरेल २०७४ असोज ३० देखि २०७५ चैत्र १७ सम्म
३ गोविन्द भट्टराई २०७५ चैत्र १७ देखि २०७६ जेठ ३१ सम्म
४ दीपक भण्डारी २०७६ असार ४ देखि हालसम्म

इश्मा गाउँपालिका 

१ सरोज पोखरेल २०७३ चैत्र १० देखि २०७५ भाद्र १२ गतेसम्म
२ चन्द्रकान्त  बस्नेत २०७५ भदौ १३ देखि  २०७६ फागुन १२ सम्म
३ प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि २०७६ चैत ५ गतेसम्म
४ नारायण महत २०७६ चैत ६ देखी २०७७ फागुन १९ सम्म निमित्त
५ विष्णुबहादुर घर्ती २०७७ फागुन २० देखि  २०७८ साउन १२ सम्म
६ नारायण महत २०७८ साउन १३ देखि निमित्त 

छत्रकोट गाउँपालिका

१ ज्ञानुराम पन्थी २०७३ चैत्र १० देखि २०७५ कात्तिक १८ सम्म
२ मधुकृष्ण पौडेल २०७५ कात्तिक १९ देखि २०७६ कात्तिक १५ सम्म
३ भेषराज पन्थ २०७६ कात्तिक १७ देखि  २०७७ असोजसम्म
४ दामोदर भण्डारी २०७७ कात्तिक देखि २०७७ चैत सम्म
 ५ पुण्यप्रसाद पौडेल २०७८ बैशाख २३ देखि हालसम्म (निमित्त)

गुल्मी दरबार गाउँपालिका

१ हरिमाया पौडेल २०७३ चैत्र ९ देखि २०७६ फागुन १६ सम्म
२ रामप्रसाद शर्मा २०७४ चैत्र २ देखि २०७५ चैत्र १० सम्म
३ लेखबहादुर बस्नेत २०७५ चैत ११ देखि २०७७ जेठ १८ सम्म
४ लक्ष्मण पाण्डे २०७७ जेठ २१ देखि हाल सम्म

रुरु क्षेत्र गाउँपालिका 

१ शरला पौडेल २०७३ चैत्र १० देखि २०७५ भदौ २२ सम्म
२ चेतनाथ गिरी २०७५ भदौ २५ देखि २०७८ बैशाख ३ गतेसम्म
३ छत्रबहादुर अधिकारी  २०७८ बैशाख  ४ देखि हालसम्म (निमित्त)

सत्यवती गाउँपालिका 

१ विष्णुप्रसाद आचार्य २०७३ चैत्र १० देखि २०७४ भदौ २२ सम्म
२ ऋषि पन्थी २०७४ असोज २३ देखि फागुन १३ सम्म
३ यादब भण्डारी २०७४ चैत्र २९ देखि २०७७ भदौ २५सम्म
४ झबिश्वर रेग्मी २०७७ भदौ २८ देखि हालसम्म

चन्द्रकोट गाउँपालिका

१ कृष्णप्रसाद भण्डारी २०७३ चैत १० देखि २०७७ भदौ ३१ सम्म
२ अनन्तपाणी मरासिनी  २०७७ असोज १ देखि हालसम्म 

मदाने गाउँपालिका

१ शुरेश भण्डारी २०७३ चैत १० देखि २०७७ साउन १८ सम्म
२ रुद्रबहादुर पछाइँ  २०७७ साउन १९ देखि हालसम्म

कालीगण्डकी गाउँपालिका

१ बाबुराम पल्ली २०७३ चैत १० देखि हालसम्म

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.