|

काठमाडाैं : ​जयसिंह धामी प्रकरणको सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले ​बताएका छन्। 

केही दिनअघि भारतीय एसएसबीले तुइन चुडाइदिएका कारण महाकाली नदीमा जयसिंह बेपत्ता भएका थिए।

प्रतिनिधि सभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर ठगुन्नाले सरकारले यस घटनालाई संवेदनशील रुपमा नलिएको बताएका हुन्।

भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै उनले दोषीउपर कारबाही गर्न पनि पनि सरकारसँग माग गरेका हुन्। सरकारले कर्मचारीस्तरबाट छानबिन समिति गठन गरी घटनालाई साम्य पार्ने प्रयास गरेको पनि उनले आरोप लगाए।

‘सिमामा यसरी नेपाली नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ। सरकारले यो घटनालाई संवेदनशील लिएको देखिदैँन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.