|

डडेल्धुरा : डडेल्धुरामा बालिकालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६३ वर्षीय नरबहादुर खाती रहेका छन्। 

साउन १५ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै आफन्तले उजुरी दिएपछि खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए।

बालिकाका आफन्तले उजुरी दिएपछि उनलाई १६ गते पक्राउ गरिएको थियो। अहिले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको चन्दले बताए। यसअघि पनि ती पुरुषले पटक–पटक बालिकामाथि करणी प्रयास गरेको आफन्त बताउँछन्।

नरबहादुरले बालिकालाई टेलिभिजन खोल्न भनेर बोलाएको र त्यसपछि उनीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको आफन्तको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.