|

अमेरिका : वरिष्ट पत्रकार हरिहर विरहीलाई अमेरिकाको बोस्टनमा सम्मान गरिएको छ। राज-मित्र स्मृति प्रज्ञाप्रतिष्ठानले विरहीको सम्मान कार्यक्रमको आयोजना  गरेको हो।

प्रतिष्ठानका संरक्षक सुशील नेपालले विरही र उनको धर्मपत्नी ज्ञानु आचार्यलाई सम्मानित गरेका हुन्। बोस्टनमा बसेर साहित्य सिर्जना गर्ने सर्जकलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले बोस्टन भ्रमणमा आउने साहित्यकार र पत्रकारलाई पनि सम्मान गर्ने गरेको छ।

राजमित्र स्मृति प्राङ्गणमा आयोजित कार्यक्रममा बोस्टनका समाजसेवी प्रह्लाद केसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, राजमित्र प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हरि काफ्ले, अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, फोटोग्राफर विमल नेपाललगायतको  उपस्थिति रहेको थियो।

यसअघि वरिष्ठ पत्रकार तारा बराल र साहित्यकार विटु केसीलाई पनि सम्मान गर्दै रात्रिभोजको आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.