|

रुकुम (पूर्व): नदीमा हाम फालेर दम्पती बेपत्ता भएका छन। पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी नदीमा बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार उनीहरु  आइतबार साँझ बेपत्ता भएका हुन्। उनीहरू अहिलेसम्म फेला परेका छैनन्। प्रहरीका अनुसार त्रिवेणी पुलबाट हामफालेर उत्तरगंगा नदीमा बेपत्ता भएका हुन्।

आइतबार साँझ दुई जनाबीच झगडा भएपछि श्रीमतीले नदीमा हाम फालेको र उनलाई बचाउन गएका श्रीमान पनि बेपत्ता भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बेपत्ता दुबै जनाको खोजी भइरहेको जानकारी दिए। बेपत्ता दम्पतीका दुई छोराछोरी छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.