|

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका श्रीमान् श्रीमती नदीमा बेपत्ता भएका दम्मती अझै भेटिएका छैनन्। आइतबार (हिजो) साँझ साँढे ६ बजे उनीहरू बेपत्ता भएका थिए।   

प्रहरीका अनुसार राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता सोही वडाको त्रिवेणी पुलबाट हामफालेर उत्तरगंगा नदीमा बेपत्ता भएका हुन्।

आइतबार साँझ बूढाबुढीबीच झगडा भएपछि श्रीमती नदीमा हाम फालेकी र उनलाई बचाउन श्रीमान् पनि नदीमै पसेका प्रहरीले जनाएको छ।  साँझ साँढे ६ घटना भएपछि प्रहरीलाई साढे ७ बजे खबर पुगेको थियो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बेपत्ता दुवैको खोजी भइरहेको बताए।   

स्थानीय र प्रहरी घटनास्थलमा पुगी उनीहरूको खोजी तीव्र पारेका छन्। बेपत्ता दम्पतीका एक छोरी र एक छोरा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.