|

काठमाडाैं : दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले च्याम्पियनसिप आयोजनाको जिम्मेवारी माल्दिभ्सलाई दिने निर्णय गरेको हो। 

च्याम्पियनसिप १ देखि १५ अक्टोबरसम्म आयोजना हुनेछ। साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो। यसअघि बंगलादेशमा प्रतियोगिता हुने तय भए पनि बंगलादेशले कोभिडको कारण देखाउँदै प्रतियोगिता गर्न नसक्ने जानकारी गराएको थियो।

त्यसपछि साफले आयोजना गर्न उत्सुक रहेको नेपाल र माल्दिभ्सलाई विस्तृत प्रस्ताव पठाउन भनेको थियो। नेपालले सोहीअनुसार करिब १० करोड रकमसहित विस्तृत प्रस्ताव साफमा पठाएको थियो।

एन्फाले नेपाल सरकारले ५ करोड दिने सुनिश्चित गरेकाले अर्थमन्त्रालयलाई धन्यवादसमेत दिएको थियो। माल्दिभ्सले पनि एक साताअघि विस्तृत प्रस्ताव पठाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.