|
फाइल फोटो

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थाबारे जानकारी गराउने भएका छन्।

आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री शर्मा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउने कार्यसुची तय भएको सभामुखको प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

कोरोनाले थलिएको अर्थतन्त्र विकास गर्नुपर्ने चुनौतीमा अर्थमन्त्रालय सम्हाल्न पुगेका अर्थमन्त्री शर्माले पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी श्वेतपत्र ल्याउने तयारी समेत गरिरहेका छन्। 

यस्तै प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यसूचीसमेत छ। 

सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.