|

काठमाडौं : कलाकार एवम सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जीवी चिरन) को अभिनय रहेको ‘मायाको रोग’ बोलको गीत सार्वजनिक भएको छ।

आहा टिभी मार्फत गीत सोमबार सार्वजनिक भएको हो। गीतमा बादल थापाको स्वर रहेको छ। सापकोटाको शब्द तथा गायक तथा संगीतकार ध्रुव विस्को संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन्। भिडियोमा सापकोटासहित समीप निरौला र निरुता शाहीको अभिनय रहेको छ।

भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन्। गीतमा दिपक गिरीको सिनेमाटोग्राफि रहेको छ। सापकोटा कलाकारितामा प्रवेश गरेको छोटो समयमा नै दर्शकमाझ लोकप्रिय बन्न सफल भएका छन्। यस्तै निरौला म्युजिक भिडियो र सर्ट फिल्ममा व्यस्त कलाकार हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.