|

डोटी : पहिरो पन्छाएपछि डोटीस्थित अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ।

लगातारको वर्षाका कारण शुक्रबार बेलुकी कटालमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो।

अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारीसाधन अहिले आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिएका छन्‌।

​ राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि बन्द भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.