पर्वत : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा थप १० जनाको मृत्यु भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार विभिन्न एक जनाको आइसोलेसनमा बसिरहेको अवस्थामा र ९ जनाको अस्पतालमा रहेर उपचार चलिरहेकै बेलामा मृत्यु भएको हो।
मृत्यु भएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१० की ५० वर्षीया महिलाको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको छ। ती महिलामा गत साउन १२ गते सङ्क्रमणको पुष्टि भएको थियो।
साउन २९ मा सङ्क्रमणको पुष्टि भएका गोरखाको भिमसेन गाउँपालिका–८ का ७२ वर्षीय पुरुष र साउन २७ मा सङ्क्रमणको पुष्टि भएका बागलुङको बागलुङ नगरपालिका–१२ की ६४ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
यस्तै साउन २९ मा सङ्क्रमणको पुष्टि भएका स्याङ्जाको पुतलीबजार नगरपालिका–२ की १६ वर्षीया किशोरीको उपचारकै क्रममा पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा, कास्कीको पोखरा महानगरपालिका–२८ का ६० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा, वडा नं ५ का ९२ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा, वडा नं १७ का ६० वर्षीय पुरुषको होम आइसोलेसनमा रहेको अवस्थामा मृत्यु भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–१६ वर्षीय र वडा नं १० का ९० वर्षीय गरी दुई पुरुषको मृत्यु भएको छ। म्याग्दीको बेनी नगरपालिका–३ की ८२ वर्षीया महिलाको उपचारकै क्रममा मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको हो। पोखराका दुई पुरुषमा साउन २६ मा सङ्क्रमणको पुष्टि भएको थियो भने म्याग्दीकी महिलामा साउन १६ मा सङ्क्रमण रहेको पाइएको थियो।
थप ३ सय १७ मा सङ्क्रमणको पुष्टि
यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ११ सय ३० पुगेको छ। निर्देशनालयका अनुसार प्रदेशमा पछिल्लो २४ घण्टामा थप तीन सय १७ जनामा सङ्क्रमणको पुष्टि भएको छ।
उनीहरू गोरखाका एक पुरुष, लमजुङकी एक महिला, तनहुँका १४ महिला र २१ पुरुष गरी ३५ जना, कास्कीका ९४ महिला र एक सय दुई जना पुरुष गरी एक सय ९६ जना, बागलुङमा १३ जना महिला र १४ जना पुरुष २७ जना, स्याङ्जामा १० महिला र पाँच पुरुष गरी १५ जना तथा नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १४ जना महिला र २६ जना पुरुष गरी ४० जनामा सङ्क्रमणको पुष्टि भएको छ।
गण्डकीमा हालसम्म संक्रमितहरुको कुल सङ्ख्या ७५ हजार तीन सय छ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।