|

काठमाडौं : रचना मोक्तान तामाङ ‘यात्री’ को तामाङ भाषामा लिखित कविता संग्रह ‘थोर्बा दोखाङ’ सार्वजानिक भएको छ। तामाङ डाजाङ साहित्यिक संस्थाको आयोजनामा भएको एक कार्यक्रममा कविता संग्रह सार्वजानिक गरिएको हो। 

मोक्तानले कवितामार्फत नेकपा माओवादीले सन्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धकालीन समयको चित्रण गरेकी छन् भने वर्तमान राजनीतिक अवस्थामा आइपुग्दा पनि जनयुद्धकालीन समयमा उठान गरिएका मुद्दाहरु अपुरो रहेकोले संघर्ष जारी राख्नुको विकल्प नरहेको कविताहरू संग्रहमा संग्रहित छन। 

जनयुद्धको क्रममा जनमुक्ति सेना रहेकी उनले सेना समायोजनका क्रममा स्वेच्छिक अवकाश लिएकी थिएन। उनको कवितामाथि कार्यक्रममा क्रान्तिकारी गीतकार लेखक इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, पत्रकार मायालु ङेसुर, कवि मुक्तान थेबाले समिक्षा गरेका थिए।

यस्तै कार्यक्रममा भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोप्चन र तामाङ लोक सम्राट चन्द्रबहादुर मोक्तानले कवितामाथि भनाई राखेका थिए। तामाङ डाजाङ साहित्यिक संस्थाले कविता संग्रह सार्वजनिकीकरणका साथै आफ्नो नियमित साहित्य वाचन कार्यक्रमको २०५ औं श्रृखंला पनि सम्पन्न गरेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.