|

पर्सा : पातलो कद, थोरै चाउरिएका गाला तर हसिलो अनुहार। उमेरले भन्दा पनि प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिँदा सुरक्षाकर्मीको यातनाले अलि बाँगिएको हल्का कुप्रो ढाड। वीरगन्ज महानगरको जुनसुकै ठाउँमा पैदलै ठमठम हिँड्दै गरेको फ्याट्ट भेटिने छरिती महिला। प्रायः सबैकी दिदी अहिले वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की।

पदमा हुँदा होस् वा बाहिर, सदाबहार एकैनासे भेटिने शान्ति दिदी। वर्षका हिसाबले पाँच बीसभन्दा ९ मात्र कम अर्थात् ९१ वर्षकी।

आफ्नै विवाहभन्दा पार्टी जीवनमा होमिएकी सुश्री शान्ति दिदी। गणेशमान, गिरिजा, कृष्णप्रसाद भट्टराई जस्ता नेपाली कांग्रेसका स्व.नेताहरुले इमान्दार कार्यकर्ता ठानेकी उनी। उनै शान्ति दिदीलाई नेपाली कांग्रेसले पार्टीको योगदान सम्झी गएको स्थानीय तहको निर्वाचनमा बल्ल अवसर दिएको भनी उप–प्रमुख पदमा टाँसो लगाएका। तर, निर्वाचनमा नगरप्रमुखभन्दा बढी भोट ल्याई निर्वाचित वीरगन्ज महानगरकी उपप्रमुख शान्ति दिदी। अहिले महानगरका धेरै न्याय नपाएका पीडितहरुकी उल्टै सहारा बनेकी छन्।

उनका सँगैका साथीहरू अहिले धेरै धर्तीमा छैनन्। भएका पनि सबै अरुको सहारामा या लाठीको सहारामा दिनचर्या काट्दै छन्। तर, शान्ति दिदीले भने वीरगन्ज महानगरपालिकाको पहिलो न्याय सम्पादनकर्ता भई १ सय १८ मुद्दा किनारा लगाइसकेकी छन्। अन्यायमा परेर न्याय खोज्दै महानगरमा मुद्दा लिएर आएका नागरिकको मुद्दा हेरी किनारा लगाउन मिल्ने फर्स्योट नै गरिदिएको उनले बताइन्।

मुलुकमा संघीय गणतन्त्रको नयाँ संरचनामा बनेपछि हरेक पालिकाको उपप्रमुख न्याय सम्पादनकर्ता हुने नियम छ। सोही नियमको परिधिमा रही वीरगन्ज महानगरको पनि उपप्रमुख शान्ति दिदीले तत्काल इजलास नभएको समयदेखि न्याय सम्पादन गर्दै आएको त्यहाँका कर्मचारीले पनि बताए।

प्रदेशकै एक मात्र महानगर, मुद्दाको चाप ट्दै 

१४ पालिका रहेको पर्साको वीरगन्ज महानगरपालिका प्रदेश नम्बर २ कै एक मात्र महानगरपालिका पनि हो। यो पालिकामा जनप्रतिनिधि आएपछि सुरुको वर्ष अर्थात ०७४।०७५ मा अहिलेसम्मकै सबैभन्दा बढी १ सय ३१ वटा मुद्दा परेका थिए। त्यो आर्थिक वर्षमा जम्मा ५ वटा मात्र मुद्दा किनारा लगाइएको थियो।

त्यही मुद्दा अर्थात् पुराना मुद्दाहरु नै ०७५।०७६ मा ३० वटा र ०७६।०७७ मा २० वटा किनारा लगाइएको छ। थपिने मुद्दामा भने ०७५।०७६ मा नयाँ मुद्दा ७९ वटा, ०७६।०७७ मा ५८ र गत वर्ष  अर्थात् ०७७। ०७८ मा १३ वटा मात्र मुद्दा दर्ता भएको वीरगन्ज महानगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक धनबहादुर थापाले बताए।

सुरुका वर्ष मुद्दा बढि पर्नुको मुल कारण पालिकाको न्यायिक क्षेत्रभित्र नपर्ने पनि महानगरबाटै न्याय पाइन्छ भनेर पनि बढी मुद्दा आएको भेटियो। तर सम्बन्ध विच्छेद र शान्ति सुरक्षाका जस्ता मुद्दाहरु पालिकाको दायरा बाहिर पर्ने आम सेवाग्राहीले बुझ्दै गएपछि यता मुद्दाको चाप पनि घट्दै गएको उजुरी प्रशासक थापाले बताए।

पहिलो र्ष सबैभन्दा बढ मुद्दा दर्ता

महानगरको उपप्रमुख तथा न्याय समिति संयोजकले किनारा लगाएका मुद्दाहरू चाँहि ०७४ मा उजुरी परेका मध्ये ५५, ०७५ का ४४, ०७६ का १६ र ०७७ का ३ गरी कुल १ सय १८ वटा मुद्दा पूरै किनारा लागिसकेका छन्। सुरुको बर्षबाट अल्या हुँदै सर्दै आएका सहित अब वीरगन्ज महानगरपालिकामा कुल १ सय ६३ मुद्दा किनारा लगाउन बाँकी रहेको तथ्यांकले देखाएको छ।

वर्तमान संरचनाअनुसार न्याय सम्पादन गर्ने नीति बनेपछि महानगरमा कुल २ सय ८१ मुद्दा दर्ता भएको उजुरी प्रशासक थापाले तथ्यांकसहित बताए। लामो सयमासम्म न्याय परिषद् नबन्दा र बीचमा भंग हुँदा मात्र केही मुद्दा बाँकी रहेको जस्तो देखिएको छ।

समिति मौजुदा रहेका बखत भटाभट मुद्दालाई किनारा लगाउन महानगरको न्यायमूर्ति शान्ति दिदीले सबै प्रक्रिया चाँडो पूरा गर्न कर्मचारीलाई पनि सुझाव दिने गरेको महानगरको न्यायिक शाखाका कर्मचारीले बताए। पीडित भएर न्याय माग्न महानगरमा आएका नागरिकलाई सकेजति चाँडो न्याय दिन उहाँले मातहतका सबैलाई निर्देशन दिने गरेको पनि ती कर्मचारीहरुको भनाइ छ।

इजलाससहित पर्साका अन्य पालिकाहरुमा व्यवस्थित न्याय सम्पादन सायदै हुने गरेको महानगरका कर्मचारहरुको दाबी छ। कतिपय मुद्दाहरु अदालतबाटै टुँगो लगाउनु पर्ने र पालिकाका सबै न्याय सम्पादनकर्ताहरुको स्वच्छ न्याय सम्पादनमा शंका उब्जेकाले पनि धेरै सेवाग्राही सिधै अदालततर्फ हानिने गरेको स्थानीयको तर्क छ। हुन पनि पर्सा जिल्ला अदातलमा बढेका मुद्दाको लगतले पनि स्थानीयको तर्क कमजोर देखिँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.