|

काठमाडौं : लजिका बिन्सले चौथो वार्षिकोत्सव मनाएको छ। यो एफवान सफ्ट इन्टरनेसनलको भगिनी संस्था हो।​

लजिका बिन्स  सफ्टवेयर विकास गर्ने कम्पनी हो र यसले केही वर्षदेखि ‘स्टार्टअप फर स्टार्टअप’ भन्ने नारासहित स्टार्टअपहरुलाई कस्टोमाइज सफ्टवेयर सहयोग गरिरहेको छ। एफ वन सफ्ट ईन्टरन्यासनल अन्तर्गतको यस कम्पनीले विशेषत: बुटिक आउटसोर्सिंगका रुपमा नेपाल भन्दा बाहिर स्वास्थ्य, शिक्षा, बीमा तथा वित्त प्रविधिमा अनुकुलित सफ्टवएर निर्माणको कार्य गर्दै आइरहेको छ।

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको छ जस अन्तर्गत भेंडर अफ्शोर एक्सिलेन्स अवार्ड, २०१७ र कम्पनी अफ द यिअर अवार्ड, २०१८ प्रमुख रहेका छन्।  

सुरुवाती दिनमा स्वास्थ्य प्रविधिलाई प्राथमिकतामा राखेर काम गरेको कम्पनीले, पछिल्लो समयमा ई–कमर्स, थ्री डी मोडलिंग, ब्लक्चेन, एआईलाई आफ्ना सेवाग्राही माझ सुचारु गरी आफ्नो सेवाको दायरा बढाउँदै गएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कैलाश श्रेष्ठले बताएका छन्।  कम्पनीले आफ्नो विस्तारित नयाँ वेबसाइट पनि सार्वजनिक गरेको थियो।   

यो कम्पनीले अमेरिका, सिगांपुर, भारत, बङ्ग्लादेश र जापानसँग आवद्ध भएर काम गरिरहेको छ।  कार्यक्रममा कर्मचारी, सरोकारवालाहरु र साझेदारहरुलाई धन्यवाद स्वरुप पुरस्कार प्रदान गरिएको थियो।

सामाजिक सञ्जालका दर्शकका लागि ‘पार्टिसिपेट एण्ड विन’ प्रतियोगिता पनि आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.