|

दुई अगस्टको बिहान दुई बजे काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा मातृभूमिलाई चुमेर  उडेकी, म तीन अगस्त साझमा लन्डन पुगेकी थिएँ। ६ तारिकसम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रममा नै व्यस्त भइयो। सात तारिकको दिनभरि म पनि तारानाथ शर्माको जस्तै बेलायततिरै बरालिई बसेँ। बेलुका लन्डनबाट पेरिस पुगेँ।

रेल स्टेशनमा नै नगेन्द्रप्रसाद ढकाल र सविना खतिवडा ढकाल मलाई लिन आइरहनु भएको रहेछ। चार दिनको पेरिस बसाइमा नगेन्द्रप्रसाद ढकाल दम्पत्तीको आत्मीय आथित्यता बिर्सिनसक्नु नै हुन पुग्यो। नगेन्द्रजीले त्यस समयमा कामबाट बिदा लिनुभएको रहेछ त्यै भएर उहाँले नै मलाई घुमाई दिने हुनुभएको रहेछ।

आठ तारिकको दिनभर हामीले पेरिसभित्रै घुम्यौँ। बेलुका खाना खानेबेलामा भोलि कहाँ जाने भन्ने कुरा चल्यो। पहिले टाढा टाढाको ठाउँ हेरु अनि नजिक त राति नै घुम्दा पनि फरक पर्दैन भन्ने सल्लाह सविना बहिनीले दिनुभयो। ‘लौ त्यसो भए भोलि दिदीलाई लिएर म भर्सेलिस दरबार जान्छु। यहाँ आएपछि ऐतिहासिक भर्सेलिस दरबार नहेरी फर्कनु हुँदैन।‘ नगेन्द्रजीले त्यति के भन्नुभएको थियो मेरो दिमागमा घुम्न थाल्यो इतिहासमा पढेका कुराहरू, भर्साइल दरबार, लुई चौधौँ, लुई सोह्रौँ, फ्रान्सको राज्यक्रान्ति र केके केके।

विस्तारामा पल्टिएर सोचेँ, मलाई घुमाउनको लागि कामबाट बिदा नै थपेर बस्नुभएका नगेन्द्र ढकालजीबाट  धेरै कुरा सिकेँ। हामी काठमाडौंमा फुर्सदिलै हुन्छौँ र पनि अरूको लागि आफ्नो समय कतिले छुट्याउछौँ र? संसारको पर्याटकीय राजधानी भनेर चिनिएको पेरिसमा अरूको लागि समय दिनु भनेको सामान्य लागेन। मेरो मनले असीमित धन्यवाद दिँदै म कुन बेला निदाएँछु।

मलाई त नौ तारिकको दिन बिहानै हिँड्न पाए हुने थियो जस्तो लागि रहेको थियो। तर, सविना बहिनी बिहानै काममा जानुपर्ने भएको र उहाँलाई काममै खानेकुरा लगिदिनु पर्ने भएकोले हामी खाना खाएर सविनाको लागि खाना लिँदै निस्कने भयौँ। भाइ र म भएर चाँडैचाँडै खानाको तरखरमा लाग्यौँ। खाना खाएर नजिकैको बोबिनी स्टेशनबाट १० बजेतिर ५ नम्बरको म्याट्रो पकडेर गार्दोलिस भन्ने ठाउँमा बाहिर निस्कियौँ। बहिनीले काम गर्ने ब्युटीपार्लरमा लगेर खाना जिम्मा लगाएर त्यहाँबाट फेरि ४ नम्बर मेट्रो लिएर सेन्टलाजार गयौँ।

सेन्टलाजार स्टेसन त कति ठूलो रहेछ। जति ठूलो स्टेशन त्यति नै धेरै मानिस पनि। त्यहाँबाट हामीलाई भर्साइल दरबार पुग्ने रेल समाउनु थियो। एक जनाको ३ युरो ९० सेन्टको दरले टिकट काट्नुभयो भाइले।  मेट्रोको लागि हामीले १५ मिनेट जति कुर्नुपर्ने भयो। मेट्रोको समय बाँकी नै रहेकोले ट्वाइलेट गरेर आउनु पर्‍यो भन्दै भाइलाई बोकेका ब्याग जिम्मा लगाएर म ट्वाइलेटको खोजीमा लागेँ।  नजिकैको ट्वाइलेट मर्मत गरिरहेको भएर बन्द रहेछ। तीन तला माथि उक्लेर पनि धेरै हिँडेपछि बल्लबल्ल ट्वाइलेट  भेटियो।

टवाइलेटको लागि लामो लाम लागेका महिलाहरूको नजिक पुगेपछि म त अप्ठ्यारोमा परिहाले नि। नेपालीमा लेखिएको पहिलो यात्रा संस्मरण ‘मेरो लण्डन, राज तिलक यात्रा’मा सुवेदार मेजर शेरसिंह रानाले सय वर्ष पहिले एक पेनी तिरेर लन्डनमा ट्वाइलेटभित्र पस्न पाएको प्रसंग उल्लेख गरेका थिए भने यहाँ मैले ३० सेन्ट तिर्नुपर्ने रहेछभित्र पस्न त। उफ! हुस्सु ब्याग त बोक्दै आउनु पर्दथ्यो नि अब फेरि पैसा लिएर आउन्जेल रेल नै हिँड्ने बेला होला जस्तो लाग्यो। इसाराले एक जना बुढी महिलालाई अनुरोध गरे।

उनले मेरो इसारा बुझिछन् र मेरोलागि ३० सेन्ट मेसिनमा छिराइ दिइन्। धन्यवाद भन्दै शरीर हल्का बनाएर म भाइको अगाडि पुग्दा त भाइ त म हराएँ भनेर चिन्तित भएर यताउता गर्दै हुँनुहुँदो रहेछ। सविनालाई मात्र चारपल्ट फोन गरिसक्नु भएछ। ढिलो भएको कारण बताउँदै हामी रेल चढ्न दौडियौँ।

 RER -C  मा यात्रुहरू बसिसकेका रहेछन्। दुई तले सो रेलमा भित्र पसेपछि म सिधै माथि गएर बसेँ। बाहिर मुसलधारे पानी परिरहेको थियो। कतै रेलको लिकभन्दा मुनि त कतै माथि लहरै एक नासका घरहरू हेर्दै रेल सँगसँगै मेरा नजर पनि अगाडि बढिरहेका थिए। रेल आफ्नै गतीमा दौडिरहेको थियो। 

मलाई भने त्योभन्दा छिटो दौडिदिए हुन्थ्यो जस्तो लागि रहेको थियो। सन् १८५० सेप्टेम्बर २२ तारिकका दिन पहिलो नेपाली जंगबहादुर राणाले भर्सेलिस  दरबार हेरेका थिए रे। त्यसपछि  कति नेपालीले त्यो दरबार प्रांगणमा टेकिसकेका होलान्। आज म पनि जाँदैछु त्यो क्रान्ति र युद्धको केन्द्रविन्दु भनेर चिनिएको दरबार हेर्न। 

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको समयमा पहिलोपल्ट सिंहदरबारको प्रधानमन्त्री कक्ष हेर्ने मौका जुरेको थियो।  त्यो समयमा मलाई  कति भव्य र अनौठो लागेको थियो सिंहदरबारको प्रधानमन्त्री कक्ष।  तर, यो भर्साइल दरबार देखेपछि त सिंहदरबार त कति  फिक्का लाग्यो लाग्यो। सबै कोठाहरू स्वर्गकै टुक्रा हुन् कि जस्ता यहाँ त ।

‘लौ पानी परिरह्यो भने कसरी पुग्ने होला दरबारसम्म छाता पनि बोकिएन’ भाइले बोलेपछि म तान्द्राबाट बिउझिए जस्तै भएँ। तर, हामी ओर्लिनु पर्ने भर्साइल्स चेन्टियर  नामक स्टेशन पुग्दा पानी रोकिएको थियो। बाटोमा भेटिएका मानिसलाई सोध्दै हामी झण्डै १५ मिनेट जति हिँडेर दरबार अगाडि पुग्यौँ।

माथिल्लो तला कालो रंग र त्योभन्दा मुनि कुनै सेतो कुनै इँटा रङ भएका एक नासका घरहरू थिए बाटोमा। ठूलो फराकिलो बाटोको दुवैतिरका क्यारीमा फूलहरू लगाइएको थियो भने अग्लाअग्ला रूखले त्यत्ति नै शोभायमान बनाइरहेका थिए।

पेरिसभन्दा २३ किलोमिटर दक्षिण पश्चिम शहर बाहिर पर्ने यो दरबारको नाम मात्र नभएर यो क्षेत्रकै नाम पो भर्साइल रहेछ। ठाउँकै नामबाट दरबारको नाम पनि राखिएको रहेछ। परैबाट देखियो ठूलो सुनौलो दरबार।

दरबार क्षेत्रभित्र प्रवेश गर्नासाथ अगाडि नै लुई चौधौँको घोडामा चडेको विशाल प्रस्तर सालिक देखियो। दरबारतिरै फर्किएको त्यो  सालिकलाई ध्यान दिएर हेर्न थाले मनमनै भन्न पुगेँ – तिमीले यो दरबार बनाउँदा सोचेको थियौँ होला  युरोपको सबैभन्दा शानदार महल बनाउँदै छु। जहाँ मेरा सन्तानहरूले आनन्दको सुखानुभूति गर्नेछन् तर हेर त तिम्रै नातिलाई जनताले यै दरबारबाट घिसार्दै निकाले र टाउको काटेर त्यसको फूटबल खेले। तिमीले यो घोडामा चढेर कसरी हेर्न सक्यौ होला नि, आफ्नो नाति र नातिनी बुहारीको त्यो बिजोग।

अहिलेसम्म पनि तिमी दरबारतिरै फर्किएर के के हेरिरहेका छौ? यही घोडामाथि बसेर नै तिमी साक्षी भयौ विलाशिता र फजुल खर्चले निम्त्याएको फ्रान्सेली राज्यक्रान्ति र दोसो विश्वयुद्धको भर्सेलिज सन्धिको। हुन त ‘म नै राज्य हुँ’ भन्ने तिम्रो एक भनाइले नै जनाउँछ तिमी कति तानाशाही थियौ भन्ने कुरा। तानाशाही शब्दले नै मलाई डराउँछ तर तिमी त अहिले सालिक भइसकेका छौ तिमीसित के डराउनु? ‘दिदी लाइनमा लाग्नु, म टिकट लिएर आउँछु।‘ भाइको आवाजले म लुई चौधौँबाट बाहिरिएँ।

दरबारको मूल गेट त निकै पर छ , तर यति वरदेखि नै लाइन लाग्नुपर्ने रहेछ। ओहो लाइन त कति लामो हो। हामीभन्दा अगाडि नै हजार जनाभन्दा बढी लाइनमा  देखेँ। ढुंगाको आयातकार इँटा छापेको चोकमा हामी लामबद्ध थियौँ। लाइनमा घुमीघुमी हातमा किरिङ, पोष्टर, माला खेलौना बोकेर साना व्‍यापारीहरू व्‍यापार गरिरहेका थिए। म भने अगाडिको पहेँलो गेटभित्र देखिएको दरबारमा ध्यान दिएर हेर्न थालेँ।

लुई तेह्रौँको पालामा सिकार खेल्न आउँदा बस्ने सानो घरले लुई चौधौँको पालामा आएर दरबारको रुप लिएको इतिहास छ । लुई सोह्रौँसम्म आइपुग्दा त्यो समयको शक्तिशाली राष्ट्र फ्रान्सको राष्ट्रिय आम्दानीको २५ प्रतिशत यसै दरबारमा मात्र खर्च हुने विलासिताको महल बन्न पुग्यो। कस्तो होला योभित्र? के के मा खर्च गरेका होलान् त त्यत्रो आम्दानी त्यो बेलाका शक्तिशाली क्षमतावान राष्ट्रका राष्ट्राध्यक्षले?

एक जनाको १८ युरो तिरेर दुई घन्टा भन्दा बढी लाइनमा उभिएपछि देब्रेतिरको पहेँलो सानो ढोकाबाट हामी भित्र पस्यौँ। भित्र सुरक्षा जाँच गराएर एक एक वटा अडियो गाइड भएको मोबाइल र एयरफोन लिएर हामी मूलगेटबाट  भित्र  देखिने चोकमा पुग्यौँ।

तीनतिर दरबार अगाडितिर फलामको ठूलो गेट र छेउछाउमा फलामकै मोटा रडको पर्खाल लगाइएको थियो। अरू घरहरूमा माथिल्लो तला कालो रंगको थियो भने दरबारको माथिल्लो तला सुनकै हो कि जस्तो सुनौलो रंग पोतिएको थियो। हामी सुरक्षा जाँच गराएर उत्तर ढोकाबाट निस्किएका थियौँ भने दक्षिणतिरको ढोकाबाट दरबारभित्र प्रवेश गर्यौँ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको समयमा पहिलोपल्ट सिंहदरबारको प्रधानमन्त्री कक्ष हेर्ने मौका जुरेको थियो।  त्यो समयमा मलाई  कति भव्य र अनौठो लागेको थियो सिंहदरबारको प्रधानमन्त्री कक्ष।  तर, यो भर्साइल दरबार देखेपछि त सिंहदरबार त कति  फिक्का लाग्यो लाग्यो। सबै कोठाहरू स्वर्गकै टुक्रा हुन् कि जस्ता यहाँ त ।

कतै संगमरमरका मुर्तिहरू, कतै ठूलठूला फ्रेममा सजिएका फोटाहरू त कतै भित्ता र छतमा भएका चित्रकलाहरू हेर्दै हामी त्रिहत्तर मिटर लामो, एघार मिटर चौडा र १३ मिटर उचाई भएको बैठकमा पुग्यौँ। कानमा अडियोले जानकारी दिँदै थियो भने आँखा त्यहाँ भएका ऐनाहरूमा स्थिर हुन पुगेका थिए।

१७ वटा ऐेनाले हललाई झलमल नै बनाएका थिए। यो बैठकको नाम नै ग्यालरी अफ मिरर (ऐनाको बैठक) रहेछ। अडियोले भन्दै थियो यी ऐनाहरू त्यस समयमा भेनिसदेखि मिल्काइएका रहेछन्।  यो ऐेना बैठकमै इतिहास प्रसिद्ध  शान्ति सम्झौता याने कि भर्साइल सन्धि भएको रहेछ। यही ठूलो हलमा क्लिमैंसो (फ्रान्स) विल्सन(अमेरिका) र लायड जार्ज (इंगलैंन्ड) ले यहि टेबुलमा सन्धि पत्रमा हस्ताक्षर गरेका रहेछन्। इतिहासको साक्षी बसेको यो हललाई घुमीघुमी हेरेँ।

त्यसपछि हामी लडाइँ कोठामा पुग्यौँ। लडाइँका हातहतियारले मलाई तान्नै सकेन। झ्यालबाट बाहिर तिर हेरेको कति ठूलो कति राम्रो बगैचा रहेछ। म अगाडि बढेँ, शान्ति कोठा भन्ने कोठामा पुगियो। सम्झिएँ लुई सोह्रौँलाई, आफू भने देशको अभिभावक भए पनि देश नै अशान्त बनाएर जनतालाई पिरोरेर म नै राज्य हुँ भन्दै अभिमानी भएर बस्ने अनि आफूलाई भने किन चाहिएको होला शान्ति कोठा? यो यस्तो भव्य दरबार  बनाउनुभन्दा रोटी देऊ भन्ने जनतालाई खान दिएको भए तिमीलाई त्यसरी मार्ने त थिएनन् होला कि? भनी मनमनै प्रश्न गरे।

एउटा ठूलो कोठामा भित्ताभरिको ठूलो फोटो थियो। फोटोमा लुई सोह्रौँकी रानी अन्तोयेनेत र उनका सन्तानको फोटो रहेछ त्यो। कान्छो छोरा त पहिलै मरिसकेका रे छोरीलाई पनि जनताले आमासितै मारेका रे र जेठो छोरालाई रानीले त्यो बेला भगाइदिएकी थिइन् रे। अडियोले त आफ्नो धर्म निभाउँदै थियो मेरो कानमा तर म भने फेरि फोटोमै जोडिन पुगेँ। उफ! ती केटाकेटीको त के दोष थियो होला र तर गहुँ पिस्दा घुन पनि पिसिए जसरि पिसिएछन् विचराहरू। किनकिन त्यो फोटोले लामो सुस्केरा हाल्न विवश बनायो मलाई पनि।

त्यसपछि आयो राजाको खोपी र रानीको खोपी। सुनको बुट्टा कुँदिएका झ्याल ढोका, पलङ, भित्ताभरीका ठूल्‍ठूला फोटो फ्रेम हेर्दा सुन देखेर दिक्क लाग्यो। जताततै सुनैसुन। रानीको खाटमा तीन तिरबाट हालेको पर्दामा मात्र २० किलो सुनको जरीले बुनेको रे।  सुन भनेपछि मरिहत्ते गर्नेको लागि सुनको के भ्यालु रहेछ त भन्ने त्यहाँ भएका सुन देखेर लाग्यो। सुनैसुनमा बस्ने सुत्ने गरे पनि के भयो र अन्त्यमा सहज मृत्यु पनि नपाएर जनताले टाउको काटेर फुटबल खेले। विलाशिताले पराकाष्ठा नाघेकै दरबारलाई हेर्दै हामी अन्तिम कक्षमा आइपुगेछौँ। अडियो सिष्टमलाई त्यही बुझाउनुपर्ने रहेछ।

१८ युरोले त विलासिताको चरममा पुगेको दरबार देखियो तर, बगैँचामा फूलेका फूल र पानीका फोहरा त परैबाट पनि देखिएकोले हामीलाई नौ युरो प्रति व्यक्ति तिरेर बगैँचाभित्र पस्न मन लागेन। बाहिरबाटै परपरसम्म दृष्टि विचरण गरेर हामी फर्कियौँ। चार घन्टा लाग्यो हामीलाई दरबारबाट बाहिर निस्कन। पानीको पियासले मुख सुकेको थियो। पानी र आइसक्रिम खाँदै रेल स्टेसन (गार) तिर लाग्यौँ। ‘यत्तिका पर्यटन आउने रहेछन् यहाँ तर एउटा पनि ट्याक्सी देख्दिनँ त भाइ?

जनताले आक्रोश भएर यही दरबारबाट निकालेर राजा रानीलाई त हटाए तर दरबारभित्रका चित्र, कला कृति साजसज्जालाई भने अलिकति पनि हानि पुर्‍याएका रहेनछन्। नत्र कसरी रहन्थ्यो यो इतिहास हाम्रो लागि। जुन दरबार कुनैबेला राज परिवारको बिलाशिताको भूमि थियो। आज त्यै दरबार कलाको रंगभूमि भएर विश्वको अगाडि उभिएको छ। युनेस्कोले विश्व सम्पदा सूचीमा  सूचीकृत पनि गरिसकेको छ।

लगभग दुईहजार त कोठाहरू नै छन्, यो महलमा हामीलाई त एक छेउ मात्र देखाइएको छ भन्दा पनि हुने रहेछ। इतिहास पढदा पढेर अचम्म लागेको थियो — लुई सोह्रौँका १६०० नोकर चाकर थिए भने रानीका मात्र पाँचसय दासी रे। यत्तिका नोकर चाकरले के मात्र गर्ने होला दरबारमा भन्ने लाग्दथ्यो तर आज प्रत्यक्ष देखेँ दरबार। एकजना मानिसले चाहेमा र पुगिसरी आएमा कतिसम्म विलासिताको जीवन बिताउन सक्दछ भन्ने कुराको प्रमाण देखेँ त्यो दरबारमा।

त्यहाँबाट हामी बगैँचातिर लाग्यौँ त्यसको लागि पनि ९ युरोको टिकट लाग्ने रहेछ।  चारैतिर रूखले घेरिएको बीचमा खुल्ला उद्यान, छहरा, ताल, पोखरी, ढिस्को मैदान र साना साना छाप्रा पनि कति रमणीय उद्यान हो मनै लोभिने।

लुई सोह्रौँले आफ्नी रानी  मारी अन्ट्वानेतको मनोकामना पुर्‍याउन यो उध्यानको निर्माण गरेका रहेछन्। जे होस् फ्रान्सेलीहरू पहिलेदेखि नै सौन्दर्यताका पूजारी रहेछन् त्यसैले सौन्दर्यको मामलामा एक नम्बरको देश भन्ने उपाधी अहिले पनि पाइरहेको रहेछ जस्तो लाग्यो। न्यूयोर्कको त्यति राम्रो स्टयाच्यु अफ लिबर्टी पनि फ्रान्सले नै उपहार दिएको थियो। कति राम्रो छ त्यो पनि। ‘सौन्दर्यका पूजारीहरू’ मुखबाट फुत्त निस्कियो।

१८ युरोले त विलासिताको चरममा पुगेको दरबार देखियो तर, बगैँचामा फूलेका फूल र पानीका फोहरा त परैबाट पनि देखिएकोले हामीलाई नौ युरो प्रति व्यक्ति तिरेर बगैँचाभित्र पस्न मन लागेन। बाहिरबाटै परपरसम्म दृष्टि विचरण गरेर हामी फर्कियौँ।

चार घन्टा लाग्यो हामीलाई दरबारबाट बाहिर निस्कन। पानीको पियासले मुख सुकेको थियो। पानी र आइसक्रिम खाँदै रेल स्टेसन (गार) तिर लाग्यौँ। ‘यत्तिका पर्यटन आउने रहेछन् यहाँ तर एउटा पनि ट्याक्सी देख्दिनँ त भाइ?’ मेरो प्रश्नको जवाफ दिँदै भाइले भन्नुभयो,

‘ओहो दिदी यहाँ ट्याक्सी चलाउने लाइसेन्स लिनकै लागि दुईलाख युरो तिर्नु पर्दछ। अनि ज्यादै कम मानिसले मात्र ट्याक्सीको लाइसेन्स लिन्छन्। फेरि यहाँ सार्वजनिक यातायात जस्तो ट्राम, रेल र बसको अति नै सुविधा छ नि जताततै पाइन्छ। त्यसैले ट्याक्सी कम देखिएको हो।‘ हामी गफ गर्दै गएकै बाटोबाट फर्किएर घर आइपुग्दा झमक्कै राति भइसकेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.