|

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक सरेको छ। 

आज विहान ११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको नेता सुवास नेम्बाङले जनाकारी दिए। 

उनले केही तयारी नपुगेको भन्दै केही पर सारिएको बताए। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ। हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका ‘मध्यमार्गी’ नेताहरुसँगको छलफलपछि आजको लागि बैठक तय भएको थियो। 

आजको बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने नेता नेम्बाङको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.