पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने
पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने
काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो ।
यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो । सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ ।
अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ।
स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।