|

काठमाडौं : कालीगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतमा परेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।  यसविरुद्ध परेका सबै मुद्दालाई एकै ठाउँमा राखी पूर्ण इजलासमा सुनुवाइ तोकिएको हो। 

इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की ,प्रकाश कुमार ढुंगाना र कुमार चुडाल रहेका छन्। यसअघि ३ भदौमा न्यायाधीश आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तान र सुष्मालता माथेमाको पूर्ण इजलासमा सुनुवाइ तोकिएको थियो। तर, त्यसदिन सर्वोच्चले मुद्दा हेर्न नभ्याइनेमा राखेपछि सुनुवाइ आजका लागि सरेको हो।
 
अधिवक्ता पोखरेल, सन्तोष भण्डारी र राम बहादुर शाहीले संयुक्त रुपमा दर्ता गरेका रिटमाथिको पहिलो सुनुवाइ न्यायाधीश प्रकाशमानसिंह राउत र हरि फुँयालको इजलासमा भएको थियो। आदेशका क्रममा न्यायाधीशको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा परेको हो।

२१ साउनमा राय बाझिएको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको थियो। इजलासले कालीगण्डकीसँग सम्बन्धित रिटलाई एकै मुद्दाका रूपमा राखी सुनुवाइ गर्न  आदेश दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.