|

जाजरकोट : नलगाड नगरपालिकाबाट एक सातामा हतियारसहित तीनजना पक्राउ परेका छन्। बिहीबार राति एक र चार दिनअघि दुईजना पक्राउ परेका हुन्।

बिहीबार राति वडा नम्बर १० कोटी सल्लाका ५६ वर्षीय मोहन विक हतियारसहित पक्राउ परेको डिएसपी मधुकुमार थापाले जानकारी दिए। इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा खटिएको टोलीले विकलाई पक्राउ गरेको डिएसपी थापाले बताए। उनको साथबाट १५ थान गोली समेत बरामद गरिएको प्रहरीको भनाइ छ।

चार दिनअघि मात्र वडा नम्बर ८ मैदे र कुसेनीबाट दुईजनालाई हतियारसहित पक्राउ गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.