|

काठमाडौं : अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु  र नवलपरासीका विभिन्न ठाउँ डुबानमा परेका छन्। पहिरोले सडक अवरुद्ध गरेको छ।  वर्षाका कारण ठाउँठाउँमा डुबान हुनुका साथै पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अवरुद्ध भएको छ। 

रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएको छ।  रुपन्देही तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगायतका ठाउँ डुबानमा परेका छन्। 

 निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटीय क्षेत्रमा जोखिम बढेको छ।  नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बुटवल उपमहानगरपालिकाले अपिल गरेको छ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नदी आसपासको क्षेत्रपनि जोखिममा परेको छ, भने नवलपरासीका परासीबजारसहितका ठाउँ डुबानमा परेका छन्।  

अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे-सन्धिखर्क सडक पनि पहिरो खसेका कारण अवरुद्ध भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.