|

बर्दिया : लगातारको बर्षाका कारण बर्दिया बाढीको उच्च जोखिममा रहेको छ। बर्दियाका कर्णाली, बबई, ओराही लगायतका नदीमा पानीको बहाव बढेको छ।

गेरुवा गाउँपालिका क्षेत्रमा कर्णाली नदीमा बढिरहेको पानीको बहावले बस्ती कटान गरिरहेको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कर्णाली नदीमा पानीको बहाव शुक्रबार दिउसो सम्म ८.८० को रेञ्जमा पुगेको बताए। १० सम्म पुगे जोखिम प्रवल रहन्छ।

सत्तिघाटको पुलको नजिक पनि बाढीले बटान गरिरहेको उनले बताए। लगातार पानी परिरहेकाले पानीको बहाव बढ्न गई थप जोखिम निम्तिने जोखिममा छ। नदी किनारमा तटबन्ध भन्दामाथि नै पानीको बहाव पुगिसकेको छ।

मधुवन नगरपालिकाको–१ र २ जोड्ने ओराही खोला पुलको माटो धसिएपछि आवतजावत बन्द भएको छ। पुलसँग जोडिएको माटोको ढिस्कोले ठाउँ छोडेपछि पुलबाट आवतजावत गर्न नमिल्ने भएको छ।

बर्दियामा ३ दिनदेखि लगातार भारी बर्षा भइरहेको छ। बाढी आएको समयमा नदी नालामा काठदाउरा लिन तथा माछा मार्न नजान पनि प्रशासनले सम्पुर्ण स्थानीयमा आग्रह गरेको छ। बाढी पूर्व तयारीका लागि सतर्कता अपनाउन पनि स्थानीयलाई सुझाव दिइएको छ।

बर्दियाका स्थानीयले प्रत्येक वर्ष बाढीको जोखिम मोल्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.