|

दाङ : अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। अविरल वर्षाको कारण नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–१८ पम्फापुर बस्ने विनोद पाशी र उनका १३ वर्षीय छोरा प्रदिप पाशीको पानीमा डुबेर मृत्यु भएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार उनीहरूको घरभित्र पानी पस्दा सुरक्षित स्थानतर्फ जाने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।

यस्तै नवलपरासी ( पश्चिम) को तुरिया खोला र झरै खोलामा आएको बाढीले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) को तल्लो तलामा भएका शाखाहरू, थुनुवा कक्ष, निवास र ब्यारेक डुबानमा परेको प्रहरीले जनाएको छ।

यसैगरी अविरल वर्षाको कारण तिनाउ खोलामा आएको बाढीले रूपन्देहीको सम्मरीमाई गाउँपालिका–३ बस्ने वर्षीय २३ को बब्लु लोधलाई बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ।

त्यस्तै दाङको दंगीशरण गाउँपालिका–१ बाकी बस्ने ५० वर्षीय बामदेव देवकोटाको बबई नदीले बगाउँदा मृत्यु भएको छ। शुक्रबार बिहान मलामी गएको बेला नुहाउने क्रममा उनलाई बबई नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै सोही ठाउँमा रहेको रोहिणी खोलामा आएको बाढीले देवदह नगरपालिका–३ बसन्तपुरमा अमृत थापाको एसकेसी बाख्रा फर्म डुबानमा पर्दा ४३ वटा बाख्राहरू मरेको प्रहरीले जनाएको छ।

यस्तै अविरल वर्षाको कारण कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका विभिन्न स्थानहरू डुबानमा परेका छन्। वडा नम्बर ५ मा रहेको भीम बहादुर थापाको बोइलर कुखुरा फर्ममा पानी पस्दा ९ सय बढी कुखुराको मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.