|

काठमाडौं : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन्। 

निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका हुन्।  वर्तमान विधानको गलत ब्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट बिना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यकालगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको उनको निष्कर्ष छ। 

'यसरी षड्यन्त्रमुलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य नहुने' उनले राजीनामामा उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.