|

धनगढी : दार्चुलाका दुहुँ र व्‍यासका बाढीपीडित त्रसित बनेका छन्। उनीहरुमा यस्तो त्रास छ कि आनन्दले आफ्नो घरमा समेत बस्न मुस्किल उनीहरूलाई छ।

त्रासका कारण उनीहरु घरमा जान नसकेपछि पालमुनि बस्न बाध्य भएका छन्। दिन रात त्रासमै बितिरहेका छन् उनीहरुका। दिनभर पालमुनि कहिलेकसो डराई डराई उनीहरु राति सुत्न मात्र घर पुग्छन्।

यसरी त्रासमय दैनिकी चलिरशेको बताउँछन् शेरबहादुर बम। महाकाली नगरपालिका १ का ८३ वर्षका शेरबहादुरलाई १३ भदौमा निजाङखोलामा आएको बाढीले बगाएको थियो।

ब्लड प्रेसरका बिरामी शेरबहादुर बाढीले बगाएपछि थप थलिएका छन्। यसै पनि यताउता गर्दा अरुको साहरा चाहिने शेरबहादुरलाई अहिले नातिहरुले साहरा दिइरहेका छन्। उनीहरुले नै शेरबहादुरलाई कहिले यता पुर्‍याउँछन्, कहिले उता। कहिले त्रिपालमुनि पुर्‍याउँछन्, कहिले घरमा।

‘बिहान घरमा उपचारका लागि लैजाने पर्ने बाध्यता छ,’ उनका छोरा देवबहादुर भन्छन्, ‘अनि उहाँले घर, भैंसी र भेडाबाख्रा बगेको सबै थाहा पाएपछि झन् आत्तिनुभएको छ।’

शेरबहादुरको परिवारजस्तै श्रीवगडका ४० परिवार अहिले कहाँ बस्ने, कहाँ सुत्ने भन्ने त्रासमा छन्। ‘महाकाली नदी एकातिर र घरतिर नजाङगाड खोलाले जमिन काटिरहेको छ,’ स्थानीय मोहन बम भन्छन्, ‘रातभर युवाहरुले नदी उर्लिएर आउँछ कि भनेर कुर्छन् ।’ उनले घरमा भएका वृद्ध बाआमा र साना छोराछोरीलाई नदी बढेर लैजान्छ कि भनेर चिन्ताले गर्दा रातभर सुत्न सकिने अवस्था नरहेको पनि बताए।

तर, उनीहरुले आफ्नो आवाज कसैले नसुनेको आरोप लगाएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.