|

भारतका लोकप्रिय टेलिभिजन तथा फिल्म अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ।

४० वर्षीय शुक्लाको मुम्बईस्थित कूपर अस्पतालमा निधन भएको हो। अस्पतालका डाक्टर शैलेश मोहितका अनुसार सिद्धार्थको अस्पताल पुर्‍याउँदा नै निधन भइसकेको थियो।

अहिलेसम्म उनको मृत्युको कारण नखुलेको बिबिसी हिन्दीले जनाएको छ। तर अरु केही भारतीय मिडियाले भने उनलाई हृदयाघात भएको उल्लेख गरेका छन्। भारतीय टेलिसिरियल बालिका 'बधू' मा उनको भूमिका लोकप्रिय थियो। सिद्धार्थ आमा र दुई बहिनीका साथ बस्दै आएका थिए।

मोडलिङबाट आफ्नो करिअर सुरु गरेका सिद्धार्थ ‘बाबुलका अंगना छूटे ना’ नामक टेलिभिजन शोबाट अभिनयमा प्रवेश गरेका थिए। यसपछि ‘जाने–पहचाने से’ र ‘लभ यू जिन्दगी’ मा अभिनय गरे पनि बालिका बधूबाट सिद्धार्थ लोकप्रिय भएका थिए। 

सिद्धार्थ शुक्ला 'बिग बोस-१३' का बिजेता पनि थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.