|

काठमाडौं : सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से र ५०.२८ अंकले ओरालो लागेर २९२६.७४ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.९ अंकले घटेर ५४१.७८ को विन्दुमा ओर्लेको छ भने कारोबार साढे ९ अर्ब बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ३.६८ प्रतिशतले ओरालो लागेको छ।

जलविद्युत समूह ३.३९ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८३ प्रतिशत, विकास बैंक समूहमा ३.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ३.२८ प्रतिशत, जीवन बीमा समूहमा २.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९२ प्रतिशत, लघुवित्त समूहमा ०.४२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८४ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७२ प्रतिशत, अन्य समूहमा १.९३ प्रतिशत र व्यापार समूहमा १.०६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँमा किनबेच भएका छन्। आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५७ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

अपी पावरको ३२ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज ङादी ग्रुप पावरको २३ करोड ३१ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड १० लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको १९ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै नेपाल बैंकको १९ करोड १ लाख रुपैयाँ, अरुण काबेली पावरको १७ करोड ७७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको १६ करोड २० लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहररू

बिहीबार दुई कम्पनीको सेयरधनीहरू मालामाल भएका छन्। सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरू मालामाल भएका हुन्।

सानिमा लाइफको सेयरमुल्य १० प्रतिशत तथा मनकामना स्मार्ट लघुवित्तको १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। सानिमा लाइफको सेयर कारोबार भएको दिन छ।

नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरूले धेरै गुमाए। यो बैंकको सेयरमुल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावरको सेयरमुल्यमा पनि ६ प्रतिशत बढीले घटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.