|

काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलको नेतृत्व चयन भदौ २२ गते हुने भएको छ। 

वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा'ले भदौ २२ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारी तथा नेतृत्व चयन गर्ने बताएका छन्। 

राष्ट्रिय सम्मेलनबाट नेतृत्व र पदाधिकारी टुंग्याउन वाइसिएलले सकेको थिएन। अध्यक्षका लागि सुबोध शेर्पाली र सुमन देवकोटाले दाबी गरेका थिए। तर, सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने सहमति भएको थियो। 

नेतृत्व चयन सहमतिमै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुंग्याउने सहमति भएको थियो। साेमबार बसेको स्थायी कमिटीको बैठकले प्रचण्डलाई नेतृत्व चयन गर्ने जिम्मेवारी  दिएको थियो।

मंगलबार बिहान पनि नेतृत्वको विषयमा छलफल भएको थियो। तर, सहमति नभएपछि पछि सारिएको थियो। 

संशोधित विधानअनुसार २ सय ३१ केन्द्रीय सदस्यका लागि जिल्ला र प्रदेश, महिला तथा उमेर समूह (१६-२९ भित्रबाट) बाट केन्द्रीय समितिका लागि निर्वाचित  केन्द्रीय सदस्यहरूलाई भेलाबाट केन्द्रीय समितिको रूपमा २ सय  ४ जनालाई सर्वसम्मत निर्वाचित गरेको थियो। ​

 केन्द्रीय सदस्यहरु

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.