|

पाल्पा : पाल्पा अस्पतालामा अक्सिजन प्लान्ट जडान भएको छ। प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुने बताइएको छ।

नेपाल सरकारले गत २०७८ जेठ ४ गते अक्सिजन प्लान्ट स्थापना गर्नका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो। टेण्डर आह्वान गर्दा एक करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।

यहाँ उत्पादित अक्सिजन आवश्यकताअनुसार अन्य अस्पतालमा समेत वितरण गरिने पाण्डेले बताए। यहाँ युनाइटेट मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज छन्। यी अस्पतालमा आफैं अक्सिजन उत्पादन गर्छन्। तर‚ यसअघि पर्याप्त उत्पादन नहुँदा कोरोना संक्रमितको लागि अक्सिजनको अभाव भएको थियो।

कोरोना महामारीका बेला पाल्पा अस्पताललाई मात्रै दैनिक १५ सिलिण्डर आवश्यक परेको पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरले बताए। अहिले भने बिरामी कम भएकाले दैनिक चार पाँचवटा सिलिण्डर खपत भएको छ।

अक्सिजन उत्पादन गर्ने उपकरण दुई महिनाअघि नै पाल्पा अस्पतालमा ल्याइएको थियो। भौतिक संरचना नहुँदा ती उपकरण जडान भएको थिएन। अहिले आफ्नै भवन निर्माण गरेर अक्सिजन प्लान्ट जडान गरिएको छ। भवनका संरचना भने पूर्णरुपमा बनिसकेका छैनन्। काम चलाउनका लागि मात्र अक्सिजन प्लान्ट जडान गरिएको हो। बजेटको अभावले भवन निर्माण कार्य पूर्णरुपमा सम्पन्न हुन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पाण्डले बताए।

यहाँ ठूला ठूला अस्पालत भएका कारण यस अक्सिजन प्लान्टबाट छिमेकी जिल्ला स्याङ्जा, गुलमी, पर्वत, अर्घाखाँची, बागलुङ लगायत जिल्लाका बिरामी लाभान्वीत हुने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.