|

सल्यान : जिल्ला अस्पताल सल्यानमा मुटुबाहिर पानी जमेको सफल शल्यक्रिया गरिएको छ।  छत्रेश्वरी गाउँपालिका –७ की १८ वर्षीया तिलसरा परियारको सफल शल्यक्रिया गरिएको हो।

शरीर सुन्निएर श्वास फेर्न गाह्रो भएपछि अस्पताल आएकी उनको चेकजाँचको क्रममा मुटुबाहिर पानी जमेको देखिएपछि शल्यक्रिया गरिएको सल्यान अस्पताल सल्यानका मेडिकल अधिृकत डा. भीमकान्त जैसीले जानकारी दिए। मुटुबाहिर जमेको १७ सय मिलिलिटर पानी निकालिएको उनले बताए।

बिरामी निकै विपन्न भएकाले उनको निःशुल्क उपचार गरिएको समेत डा. जैशीले बताए। उनी क्षयरोगीसमेत रहेका र कहिले काहीं क्षयरोगका कारण मुटको बाहिर पानी जम्ने समस्या देखिने जैसीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.