|
फाइल तस्बिर

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै दर्शक राखेर फिल्म हल सञ्चालन गर्न फिल्म व्यवसायीहरूलाई निर्देशन दिएको छ।

शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँग बसेकाे बैठकमा उक्त निर्देशन दिएका हुन्।

प्रमुख जिल्ला अधिकारी पराजुलीले रात्रिकालीन व्यवसायमा पनि ५० प्रतिशतमात्रै दर्शक वा ग्राहक राख्न निर्देशन दिएको सहायक प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिए।

उनले भनिन,‘आज फिल्म ब्यवसायी, लोकदोहोरी साँझ, क्लब लगायत रात्रिकालीन व्यवसायीहरूसँग बैठक भएको थियो, यसै बेला उहाँले त्यस्तो निर्देशन दिनु भएको हो।’ काेभिडका कारण बैशाखदेखि बन्द गरिएकाे फिल्म हल काठमाडौं जिल्ला प्रशासनले १७ गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेकाे थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.