बाँकी २१ जिल्लाको २३ गते सकिने

|

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार)बाट औपचारिकरुपमा सुरु भएको छ । अधिवेशन सुरु भएको पहिलो दिन ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यता सार्वजनिक गरिएका ५६ जिल्लामध्ये बाँकी २१ जिल्लाको वडा अधिवेशन २३ गते सकिने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए छन्।

यादवले भने, ‘बाढी पहिरोलगायतका कारणले एकै दिन सबै जिल्लामा वडा अधिवेशन हुन नसकेको हो, केही जिल्लाका निर्वाचन अधिकृतहरूले २३ गतेसम्मका लागि समय माग्नुभएको छ।’ 

उनकाअनुसार भोलि झापा र मुस्ताङमा र पर्सी दाङमा वडा अधिवेशन गर्ने तयारी छ। त्यसैगरी २१ गते ११ जिल्लामा, २२ पाँच जिल्लामा र २३ गते २ जिल्ला रुकुम पश्चिम र रुकुम पूर्वमा वडा अधिवेशन हुनेछ। 

पहिलो दिन कुन प्रदेशका कति जिल्लामा सकियो वडा अधिवेशन  

प्रदेश १ का
ताप्लेजुङ
इलाम
संखुवासभा
तेह्रथुम
पाँचथर
भोजपुर
खोटाङ
सोलुखुम्बु
उदयपुर 
ओखलढुंगा 
धनकुटा
बागमती प्रदेशका 
भक्तपुर 
दोलखा
सिन्धुली 
मकवानपुर
गण्डकी प्रदेशका 
तनहुँ
गोरखा
लमजुङ
कास्की
मनाङ (दुई दिनअघि सर्वसम्मत रुपमा नेतृत्व चयन)
पर्वत
स्याङ्जा 
म्याग्दी
लुम्बिनी प्रदेश
गुल्मी
रुपन्देही
अर्घाखाँची
नवलपरासी
कर्णाली प्रदेश
दैलेख
जाजरकोट 
जुम्ला
हुम्ला
सुदूरपश्चिम प्रदेश
अछाम 
कञ्चनपुर
बझाङ
डोटी

२१ जिल्लाको क्रियाशील सदस्यता टुंगिन बाँकी रहेकोमा डडेल्धुराको आज अबेरसम्म सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ।  महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा वडा अधिवेशन हुने उल्लेख छ।

यसबीचमा महाधिवेशन रोक्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएकाे छ। निर्वाचन समितिले भने त्यसबारे कुनै जानकारी नभएको बताएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.