|

काठमाडौं : राहदानी विभागले नेपाल ल्याउन लागेको ई–पासपोर्ट छाप्ने मेसिन अझै नेपाल ल्याउन सकेको छैन। सो मेसिनका लागि सर्भरको काम भइरहेकाले तत्कालै ल्याउन नसकिएको राहदानी विभागले जनाएको छ।

सो मेसिन राख्नका लागि त्रिपुरेश्वरमा कार्यालय बन्दै छ। राहदानी विभागका निर्देशक शरदराज आरनले भने,‘ त्रिपुरेश्वरमा कार्यालय तयार भइसकेको छैन र सर्भरको काम नसकिएकोले ढिलाइ भएको हो।’  सेप्टेम्बरको अन्त्यसम्ममा सो मेसिन नेपाल आइपुग्ने आरनले बताए।  उनका अनुसार नोभेम्बरबाट सो मेसिनले ई–पासपोर्ट छाप्न सुरु गर्ने छ।    

विभिन्न देशबाट मेसिनको सामान ल्याई वीरगञ्ज भन्सार कार्यालयमा राखिएको छ। सो मेसिनका लागि चाहिने सामानहरु चीन, फ्रान्स र जर्मनबाट ल्याइएको छ।

सम्पूर्ण पार्ट काठमाडौंमा ल्याएर जडान  आरनको भनाइ छ। सो मेसिन ल्याउनका लागि ‘आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी’ फ्रान्सेली कम्पनीले ठेक्का लिएको थियो । उक्त कम्पनीले २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो।

विश्वका १ सय भन्दा बढी मुलुकले इ–पासपोर्ट सञ्चालनमा ल्याएका छन्। हातले लेखेको पासपोर्टलाई ११ वर्षअघि मेसिन रिडेबल पासपोर्टले विस्थापित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.