|

भक्तपुर : भक्तपुरका स्थानीय तहका ३८ वटा वडामध्ये ३३ वटामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ। भक्तपुरका ४ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकाका १०, सूर्यविनायकमा ९, चाँगुनारायणमा ९ र मध्यपुर थिमीमा ५ गरी ३३ वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो। बाँकी ५ वटामा सोमबार निर्वाचन गर्ने तयारी छ।

वडा एकाई समितिको अधिवेशनले भक्तपुर नगरपालिकाको वडा नं. १ मा रुपेश धौवञ्जार, २ मा बद्रीकेदार दुवाल, ३ मा पुरुषोत्तम शिल्पकार, ४ मा ऋषिकेशव तिमिला, ५ मा नारायणप्रसाद तमुख, ६ मा केशव दुवाल, ७ मा वीरेन्द्र कर्माचार्य, ८ मा राजन ढिंगरे, ९ मा तिलकमान श्रेष्ठ र १० मा कृष्णकुमार सुवालको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको कांग्रेस जिल्ला समितिको अभिलेख शाखाका संयोजक सुशील बस्नेतले जानकारी दिए।

भक्तपुर नगरपालिकामा क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन भएका छन्।

सूर्यविनायक नगरपालिकाका १० वटा वडामध्ये ९ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ। यहाँ वडा नं. १० मा मात्र निर्वाचन हुने भएको छ। यहाँको वडा नं. १ मा सुरुज मिश्र, २ मा कृष्णभक्त श्रेष्ठ, ३ मा प्रभुभक्त माडी श्रेष्ठ, ४ मा पवन न्यौपाने, ५ मा राजु ढुंगेल, ६ मा राजेन्द्र ट्वाटी, ७ मा जगदीश बस्नेत, ८ मा बच्चुराम थापा र ९ मा गोकुल खत्री वडा एकाई समिति सभापति चयन भएका छन्।

चाँगुनारायण नगरपालिकाको ९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। चाँगुनारायणको वडा नं. १ मा नरेन्द्र अवाल, २ मा रिजेन कार्की, ३ मा राजेश शाही, ४ मा जनार्दन केसी, ५ मा जनक थापा, ६ मा वीरमान तामाङ, ७ मा मनोज गिरी, ८ मा तीर्थराज घोरासाईनी र ९ मा टेकबहादुर खत्री वडा सभापतिमा सर्वसम्मत भएको अभिलेख शाखा संयोजक बस्नेतले बताए। 

त्यसैगरी मध्यपुर थिमि नगरपालिकाको ९ वटा वडामध्ये ५ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ४ वटामा निर्वाचन हुने भएको छ। थिमिको वडा नं. २ मा अनिल अधिकारी, ३ मा कृष्णहरि आचार्य, ५ मा अनिश श्रेष्ठ, ८ मा दिलकृष्ण प्रजापति र ९ मा ज्ञानेन्द्रमान थापा श्रेष्ठ सभापतिमा सर्वसम्मत चयन भएका छन्। यहाँ वडा नं. १, ४, ६ र ७ मा निर्वाचन हुने भएको छ।

भक्तपुरमा कांग्रेसको वडा अधिवेशन सौहार्द्रपूर्ण वातावरणमा भव्य र सभ्य तवरबाट सम्पन्न हुने क्रममा रहेको जिल्ला सचिव निशान ढुंगेलले बताए। उनले बाँकी रहेका ५ वटा वडामा अन्तिमसम्म सर्वसम्मत गर्ने प्रयास भइरहेको जानकारी दिँदै सर्वसम्मत हुन नसके प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत नेतृत्व चयन हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.