|

काठमाडौं : आइतबार १०८.२६ अंकले बढेको सेयर बजारले सोमबार आकर्षक बाउन्सब्याक गरेको छ।  बजार आज १६१.९४ अंकले उकालो लागेको हो।

योसँगै नेप्से परिसूचक दुई हजार ९ सय ८०.७९ को विन्दुमा उक्लिएको छ। नेप्से धेरै अंकले उकालो लागेको यो पहिलोपटक हो। योसँगै नेप्सेले भारी अंकको वृद्धिकाे नयाँ कीर्तिमान कायम गरेको छ।

सेयर धितो कर्जाको सीमाले उग्र रुप लिँदा हिजो बजारमा पहिरो गएको थियो। तर, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यस विषयमा पुनरावलोकन गर्न सकारात्मक देखिएसँगै बजारमा बजार उछाल आएको हो।

आज सेन्सेटिभ इन्डेक्स पनि ३१.४१ अंकले बढेर ५५३.४० को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने पौने १० अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ। विकास बैंक समूह सर्वाधिक ९.९२ प्रतिशतले उकालो लागेको छ।

वित्त समूह ९.३४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ४.०७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ५.६३ प्रतिशत, जलविद्युत समूहमा ९.११ प्रतिशत, लगानी समूहमा ६.८३ प्रतिशत, जीवन बीमा समूहमा ५.१० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.४२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.९६ प्रतिशत, अन्य समूहमा ८.३८ प्रतिशत र व्यापार समूहमा ३.९६ प्रतिशतले वृद्धि भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६.९० रुपैयाँमा किनबेच भएका छन्। यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४६ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज माथिल्ला तामाकोशीको २४ करोड ९२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १९ करोड ९९ लाख रुपैयाँ, आइसीएफसी फाइनान्सको १९ करोड ८७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड ८१ लाख रुपैयाँ, नबिल बैंकको १९ करोड ६ लाख रुपैयाँ, नेपाल बैंकको १८ करोड ८८ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १८ करोड ७६ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको १७ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज केही ऋणपत्र र म्युचुअल फन्डबाहेक सबै कम्पनीको सेयरमुल्य बढेको छ। तीमध्ये ७० वटा कम्पनीको सेयर मुल्यमा पोजिटिभ सर्किट लागेको छ। जसमा ४५ वटा कम्पनीको सेयर मुल्यमा १० प्रतिशतले र बाँकी २५ वटा कम्पनीको सेयर मुल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई आज फोन गरेर सेयर ऋणको सीमा १२ करोड सच्याउन निर्देशन दिएका थिए। सो निर्देशनको समाचार बाहिरिएसँगै बजार बढेको हो। फोन सम्वादका क्रममा गभर्नर अधिकारीले समस्या समाधान गरिने प्रतिबद्धता जनाएका थिए। 

यी हुन पोजेटिभ सर्किट लागेका कम्पनीहरू 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.