३१ प्रतिशतले त्यागे एमाले

|

धनगढी : कैलालीका ६५ जना स्थानीय जनप्रतिनिधिले पनि नेकपा एमाले छाड्दै नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। सनाखत गर्ने आज अन्तिम दिन थप १३ जनाले एमाले छाडेपछि एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ६५ पुगेको हो।

निर्वाचन कार्यालय कैलालीमा सशरीर उपस्थित भएर उनीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्। निर्वाचन कार्यालयका अनुसार गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमाकुमारी थापा र महोन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगरले एकीकृत समाजवादी रोजेका हुन्। 

यस्तै १२ जना वडाध्यक्ष, ३७ जना वडा सदस्य, ९ जना कार्यपालिका सदस्य र उपप्रमुखसहित ९ जना जिल्ला समन्वय समितिका सदस्यले एमाले छाडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। 

गौरीगंगा नगरपालिकाका वडा नम्बर २, ५ र ७ का वडाध्यक्ष, घोडाघोडी नगरपालिकाका ४, ७ र १० का वडाध्यक्ष, लम्कीचुहा नगरपालिकाका वडा नम्बर ८ का वडाध्यक्ष, टीकापुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष, गोदावरी वडा नम्बर ५ र ११ का वडाध्यक्ष, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष र मोहन्या गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षले एकीकृत समाजवादी रोजेका हुन्।

कैलालीमा एमालेका २ सय १० जना जनप्रतिनिधि थिए। झण्डै ३१ प्रतिशतले पार्टी छाडेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.