|

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरूणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको छ। अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिएका हुन्।

इन्स्टाग्राममा पोस्ट सेयर गर्दै अक्षयले आमा उनको जीवनको महत्वपूर्ण हिस्सा भएको बताएका छन्।

उनले भावुक पोस्टमा भनेका छन्, 'आज मलाई असह्य पीडा महसुस भइरहेको छ। मेरी आमा आज बिहान यो दुनियाँबाट  बिदा हुनुभएको छ। ओम शान्ति।’

उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन्। आमा बिरामी भएपछि अक्षयले सुटिङ छोडेर लण्डन छोडेर भारत फर्किएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.