|

हेटौँडा : पार्टी विभाजनपछि अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन्।

शाक्यले आफूले शपथ लिएको तीन सातापछि आज ५ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्न लागेकी हुन्। आज राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त गरेर शपथग्रहण गर्ने तयारी गरिएको स्रोतको दाबी छ।

शाक्यले मुख्यमन्त्रीको शपथ लिएपछि दुई जनालाई मन्त्रीमा नियुक्त गरेकी थिइन्। तर, सामाजिक विकासमन्त्री कृष्ण खनालले नेकपा एकीकृत समाजवादी रोज्दै पदबाट राजीनामा दिइसकेका छन्।

हाल बागमती प्रदेशमा दुई सदस्यीय मन्त्रिमण्डल छ। आज ९ जना थपिएसँगै ११ सदस्यीय हुनेछ। दल विभाजनपछि अल्पमतमा परे पनि मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत नलिने एमाले मुख्य सचेतक दीपक निरौलाले बताए। विपक्षीले अविश्वासको प्रस्ताव ल्याए सामना गरेर अघि बढ्ने तयारी रहेको उनले बताए।

आज बागमती प्रदेश सरकारको मन्त्री बन्नेहरूको नाम लिष्ट

१ सिन्धुली, प्रदीप कटुवाल

२  रामेछाप, शान्तिप्रसाद पौडेल

३  काभ्रे , चन्द्र लामा

४ काठमाडौं, अजय कान्ती

५ चितवन, विजय सुवेदी

६ दोलखा, रचना खड्का

७मकवानपुर, जुनेली माया श्रेष्ठ

८ भक्तपुर, सरस्वती वाटी

९ नुवाकोट, बद्री मैनाली

यसमध्ये कसलाई कुन मन्त्रीको जिम्मेवारी दिइन्छ भन्ने बताइएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.