|

काठमाडौं : उदयपुरको कटारी नगरपालिका-८ बर्मीस्थित जंगलमा लिफ्ट मागेको गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौं रुपैया लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन्।

ओखलढुंगाको चिसम्खु गढी गाउँपालिका-३ का ५४ वर्षीय रमेशकुमार श्रेष्ठलाई प्रहरीले १३ लाख ७७ हजार ८९५ रुपैयाँ र मोबाइल सेटसहित लुटपाट गरेको दुई घन्टाभित्रै पक्राउ गरेको प्रहरीले बताएकोफ छ।

रमेशले मंगलबार बेलुका ५ बजे कटारी–४ का २५ वर्षीय चालक प्रकाश श्रेष्ठले प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको जिप ओखलढुंङगा खाद्यन पुराई काटारीतर्फ आउँदै गर्दा लुटपाट गरेका थिए। रमेशले आफू पनि ब्यापारी भएको र समान लिन कटारी जाने भनी प्रकाशले चलाएका गाडीमा लिफ्ट मागेर चढेका थिए।

बर्मी जंगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडीबाट ढुंगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम र मोबाइल लुटपाट गरी फरार भएको प्रहरीले बताएका थिए। केही समयपछि होसमा आई प्रहरीलाई खबर गर्न साथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी–४ गबुवा जंगलबाट बेलुका ७ बजे रमेशलाई पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.