काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्नुअघि पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गठबन्धनको बैठक बसेको थियो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए। बैठकमा मन्त्रिपरिषद विस्तार र संसद बैठक सञ्चालनबारे छलफल भएको थियो।
एमालेले आफ्नो पार्टीबाट कारबाही गरेको माधवकुमार नेपालसहित १४ सांसद उपस्थित भए संसद चल्न नदिने घोषणा गरेपछि गठबन्धनको बैठक बसेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।